काठमाडौँ उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ११८ जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ८९, भक्तपुरमा ११ र ललितपुरमा १८ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर २७२ जना संक्रमित थपिएका छन् भने ८ जना संक्रमितको मृत्यु भएको छ।

शुक्रबार ७७७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १३ हजार ३०८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा २ हजार ९२ पीसीआर तथा २ हजार ६२० एन्टिजेन परीक्षण भएको छ।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्