आईपीएल फाइनलः कोलकात्ताले चेन्नईविरुद्ध टस जितेर बलिङ रोज्यो

काठमाडौँ– इन्डियन प्रमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा कोलकात्ता नाइट राइडर्सले चेन्नई सुपर किङ्सविरद्ध टस जितेर फिल्डिङ रोजेको छ। खेल दुबईमा हुँदैछ।

उपाधि भिडन्तमा महेन्द्र सिंह धोनीको कप्तानीमा रहेको चेन्नई सुपर किङ्स र इयोन मोर्गनको कप्तानीमा रहेको कोलकात्ता नाइट राइडर्स आमनेसामने भएका हुन्।

लिग चरणमा शीर्ष दुईमा रहँदै प्लेअफमा स्थान बनाएको चेन्नईले पहिलो क्यालिफायरमा दिल्ली क्यापिल्सलाई हराउँदै फाइनलमा स्थान बनाएको हो भने कोलकात्ताले एलिमिनेटरमा रोयल च्यालेन्जर्स बैंग्लोर र क्वालिफायरमा दिल्लीलाई पराजित गर्दै फाइनल यात्रा तय गरेको हो।

इतिहास हेर्दा यसअघि चेन्नई ८ पटक आईपीएलको फाइनल पुगेकोमा तीन पटक उपाधि जितेको छ भने यसअघि दुई पटक फाइनलमा स्थान बनाएको कोलकात्ताले दुबै पटक उपाधि जितेको छ।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्