आईपीएल उपाधि भिडन्तः चेन्नईले दियो कोलकात्तालाई १९३ रनको लक्ष्य

काठमाडौँ– इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा चेन्नई सुपर किङ्सले कोलकात्ता नाइट राइडर्सलाई १९३ रनको लक्ष्य दिएको छ।

दुबईमा भएको खेलमा कोलकात्ताले टस जितेर फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १९२ रन बनाएको हो।

चेन्नईका लागि फाफ डु प्लेसिसले सर्वाधिक ८६, मोइन अलिले ३७, ऋतुराज गाइक्वाडले ३२ र रोविन उथप्पाले ३१ रन जोडे।

बलिङतर्फ कोलकात्ताका सुनिल नारिनले दुई तथा शिवम् मावीले एक विकेट लिए।

असोज २९, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्