एमबाप्पेको गोलमा पिएसजीको जित

फ्रेन्च लिग वान फुटबल अन्तर्गत शुक्रबार राति भएको खेलमा पेरिस सेन्ट जर्मेन (पिएसजी) विजयी भएको छ । उसले एन्जर्सलाई २ १ ले पराजित गरेको हो ।

३६ औँ मिनेटमा फुल्गिनीको गोलबाट एन्जर्सले सुरुवाति अग्रता लिएको थियो । ६९ औँ मिनेटमा डानिलोले पिएसजीका लागि बराबरी गोल फर्काए ।

८७ औँ मिनेटमा पाएको पेनाल्टीमा केलियन एमबाप्पेले गोल गरी पिएसजीलाई जित दिलाएका हुन् । जितपछि शीर्ष स्थानको पिएसजीको १० खेलबाट २७ अंक भएको छ ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्