देशभरको मौसम कहाँ कस्तो रहन्छ आज?

काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

भारतको आन्द्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापिय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव अहिले नेपालमा रहेको महाशाखाले उल्लेख गरेको छ ।

हाल लुम्बिनी प्रदेशमा सामान्य बदली रही अन्य प्रदेशमा आंशिक बदली रहेको छ।

शनिबार दिउँसो प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै राति प्रदेश नं १, प्रदेश नं २, र बागमती प्रदेश सामान्य बदली रही अन्य भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २ र बागमती प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्