हेटौंडामा बस र मोटरसाइकल ठोक्किँदा दुईको मृत्यु

सांकेतिक तस्बिर

हेटौंडा – मकवानपुरको हेटौंडा उपमहानगरपालिका– १५ स्थित रातेमाटेमा एक यात्रुबाहक बसले मोटरसाइकललाई ठक्कर दिँदा दुुईजनाको मृत्यु भएको छ।

गए राति नारायणगढबाट काँकडभिट्टा जाँदै गरेको ना६ख ७६९ नम्बरको यात्रुबाहक बसले विपरीत दिशाबाट आउँदै गरेको ना५८ प ९९७३ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार दुईजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

मृत्यु हुनेमा हेटाैंडा– १५ का १८ वर्षीय प्रकाश दियाली र हेटौंडा–३ का २२ वर्षीय सुशान्त दियाली रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक देवेन्द्र दासले जानकारी दिएका छन्।

बसको ठक्करबाट घाइते भएका दुवै जनालाई उपचारका लागि हेटौंडा अस्पताल लगिएकामा त्यहाँका चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। ठक्कर दिने बस र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको बताइएको छ। रासस

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्