थप १४७ जनामा कोरोना संक्रमण, ८४५ जना संक्रमणमुक्त

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ७८ पुगेको छ।

शनिबार ८४५ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२ हजार ५९८ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा १ हजार ४४६ पीसीआर तथा ३२७ एन्टिजेन परीक्षण भएको छ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्