सप्तरीमा दुई मोटरसाइकल आपसमा ठोक्किँदा दुई जनाको मृत्यु

सांकेतिक तस्बिर।

जनकपुरधाम– सप्तरीमा दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ।

शनिबार दिउँसो करिब पौने १ बजे जिल्लाको खडक नगरपालिका वडा नं. ४ अमहास्थित पूर्व–पश्चिम राजमार्गमा पूर्वतर्फ जाँदै गरेको बा ५६ प २५१५ नम्बरको मोटरसाइकल विपरित दिशाबाट आउँदै गरेको स ५ प ८४३४ नम्बरको मोटरसाइकलसँग ठक्कर खाएको थियो।

सो दुर्घटनामा बा ५६ प २५१५ नम्बरको मोटरसाइकलमा सवार झापाको शिवसतासी नगरपालिका वडा नं. ६ का २२ वर्षीय विवेक सापकोटा र अर्का मोटरसाइकलमा सवार झापाकै भद्रपुर नगरपालिका वडा नं. ४ का २१ वर्षीय दयाराम सिंह राजवंशीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक माधव प्रसाद काफ्लेले जानकारी दिए।

दुर्घटनामा महोत्तरीको मटिहानी नगरपालिका वडा नं. ७ का ३५ वर्षीय चन्द कुमार साह गम्भीर घाइते भएको प्रवक्ता काफ्लेले जानकारी दिए। साहलाई उपचारको लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्