साफ च्याम्पियनसिपः नेपाल र भारतबीच उपाधि भिडन्त सुरु

काठमाडौँ– नेपाल र भारतबीच साफ च्याम्पियनसिप फुटबलको फाइनल सुरु भएको छ।

पहिलो पटक साफको फाइनलमा स्थान बनाएको नेपाल र सात पटकको उपाधि विजेता भारतबीच माल्दिभ्समा उपाधि भिडन्त सुरु भएको हो।

नेपालको सुरुवाती–११ मा किरण चेम्जोङ, अनन्त तामाङ, गौतम श्रेष्ठ, दिनेश राजवंशी, सुमन अर्याल, पुजन उपरकोटी, तेज तामाङ, रोहित चन्द,  सुजल श्रेष्ठ, नवयुग श्रेष्ठ र सुमन लामा रहेका छन्।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्