साफ च्याम्पियनसिप फाइनलः पहिलो हाफसम्म नेपाल र भारतको गोलरहित बराबरी

तस्बिरः एन्फा।

काठमाडौँ– साफ च्याम्पियनसिप फुटबलको फाइनलमा नेपाल र भारतले गोलरहित बराबरी खेलेका छन्।

माल्दिभ्समा जारी उपाधि भिडन्तमा पहिलो हाफमा दुबै टोलीबाट गोल हुन सकेन।

नेपालले पहिलो पटक साफको फाइनलमा स्थान बनाएको हो भने भारत सात पटकको उपाधि विजेता हो।

असोज ३०, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्