इन्टर मिलानको उपाधि रक्षा यात्रामा गम्भीर धक्का

साबिक विजेता इन्टर मिलानको उपाधि रक्षा यात्रामा गम्भीर धक्का लागेको छ । इटालियन सिरी ए फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा लाजिओसँग इन्टर मिलान ३-१ ले पराजित भएको हो ।

लाजिओका लागि ६४ औँ मिनेटमा इमोबिले, ८१ औँ मिनेटमा फेलिपे एन्डर्सन र इन्जुरी समयको पहिलो मिनेटमा मिलिन्कोभिकले गोल गरे ।

इन्टर मिलानका लागि १२ औँ मिनेटमा पेनाल्टी मार्फत पेरिसिकले गोल गरेका थिए । तर सो अग्रता जोगिन सकेन । इन्जुरी समयको सातौँ मिनेटमा रामोस मार्ची रातो कार्ड पाएर मैदानबाट बाहिरिएपछि लाजिओ १० खेलाडीमा सीमित भएको थियो ।

पराजित भएको इन्टर मिलान ८ खेलबाट १७ अंकसहित तेस्रो स्थानमा छ। १४ अंक जोडेको लाजिओ पाँचौँ स्थानमा छ।
शनिबार राति नै भएको खेलमा हेलास भेरोनालाई ३-२ ले पराजित गरेको एसी मिलान २२ अंकसहित शीर्ष स्थानमा छ ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्