काठमाडौँ– आज मौसम देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। प्रदेश १, प्रदेश नं २, बाग्मती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूर पश्चिम प्रदेशका थोरै स्थान तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश न १, प्रदेश न २ र बाग्मती प्रदेशमा सामान्य बदली भई गण्डकी र सुदूर पश्चिम प्रदेशमा आंशिकदेखि सामान्य बदली रही अन्य प्रदेशहरूमा आंशिक बदली रहेको छ।

आज राति देशभर सामान्य बदली रहने महाशाखाले जनाएको छ। महाशाखाका अनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका केही स्थान तथा प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

सोमबार समेत देशभरको मौसम सामान्यदेखि पूर्ण बदली रहने मौसमविद्हरु बताउँछन्। सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थान तथा प्रदेश १ र बागमती प्रदेशका केही स्थान तथा प्रदेश न २ का थोरै स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको उनीहरु बताउँछन्।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागहरुका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागहरुका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा प्रदेश १, प्रदेश नं २, बाग्मती, गण्डकी, लुम्बिनी र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा तथा कर्णाली प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। सोहीअनुसार आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

हाल भारतको आन्ध्र प्रदेश तथा ओडिसाको तटीय क्षेत्र आसपास रहेको न्यून चापीय प्रणाली र विकसित हुँदै गरेको पश्चिमी वायु प्रणालीको संयुक्त प्रभाव नेपालमा रहेको छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्