कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु, एक घाइते

सांकेतिक तस्बिर।

धनगढी – कैलालीको टीकापुरमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार शनिबार टीकापुर नगरपालिका– २ विकास टोलमा से६प १९३१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो।

दुर्घटनामा मोटरसाइकल चालक टीकापुर– १ का १८ वर्षीय सुन्दर मगर र पछाडि सवार सोही ठाउँका १८ वर्षीय केशव मगरको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ।

त्यस्तै मोटरसाइकलमै सवार सोही ठाउँका १९ वर्षीय आशिष मगर घाइते भएका छन्। तीनै जनालाई टीकापुर अस्पतालमा सामान्य उपचारपछि कोहलपुर मेडिकल कलेज रिफर गरिएकोमा दुई जनाको उपचारका क्रममा मृत्यु भएको प्रहरीले बताएको छ।

घाइते आशिषको उपचार भइरहेको छ। उनको अवस्था सामान्य रहेको छ। मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको प्रहरीले बताएको छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्