एनआरएनको अधिवेशन नोभेम्बर ३० भित्र गर्ने निर्णय

काठमाडौँ – गैरआवासीय नेपाली संघ (एनआरएन) को कार्यकाल ६ महिनाका लागि थप भएको छ।

शनिबार राति बसेको केन्द्रीय समितिको बैठकले आफ्नो कार्यकाल ६ महिनाका लागि थप गर्दै मंसिर १४ गते (नोभेम्बर ३० तारिख) भित्र अधिवेशन गर्ने निर्णय गरेको हो।

बैठकले प्रतिनिधि छनोटबारे छनबिन गर्न समितिसमेत गठन गरेको छ। प्रतिनिधि चयनको छानबिन गर्न अध्यक्ष कुमार पन्तले पूर्वअध्यक्षहरू रहेको समिति बनाएको हुन्।

अक्टोबरको २३ देखि २५ तारिखमा हुने भनिएको दशौँ अन्तर्राष्ट्रिय अधिवेशन परराष्ट्र मन्त्रालयको हस्तक्षेपका कारण रोकिएको थियो। संस्थाभित्र देखिएका केही विवादबारे मन्त्रालयमा उजुरी परेपछि मन्त्रालयलगायत केही नेताको सक्रियता बढेको थियो।

अधिवेशन रोक्न र उठेका विवाद समाधान गर्न मन्त्रालयले पत्र पठाएपछि एनआरएनभित्र अन्योल बढेको छ भने अहिलेको कार्य समितिको अवधि आगामी शुक्रबारदेखि सकिँदै छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्