थप ३९१ जनामा कोरोना संक्रमण, ६ जनाको मृत्यु

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ३९१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यस्तै पछिल्लो २४ घण्टामा ६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै हालसम्म मृत्यु हुनेको संख्या ११ हजार २ सय ८४ पुगेको छ।

आइतबार ६८० जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १२ हजार २९७ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ६ हजार ९६६ पीसीआर तथा १ हजार १११ एन्टिजेन परीक्षण भएको छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्