बाँके प्रहरीद्वारा ६ लाख रुपैयाँ बराबरका मोबाइल बरामद

नेपालगञ्ज– बाँके प्रहरीले नौ सय थान मोबाइल बरामद गरेको छ।

चोरीपैठारी गरी ल्याइएको ६ लाख ३० हजार रुपैयाँ बराबरको नौ सय थान मोबाइल नेपालगञ्ज उपमहानगरपालिका वडा नं. १५ बाट प्रहरीले बरामद गरेको हो।

बरामद गरिएको मोबाइल भारतीय बजारबाट भन्सार छलेर ल्याइएको बाँके प्रहरीले जनाएको छ। प्रहरीले बरामद भएको मोबाइल भन्सार कार्यालयलाई बुझाएको छ।

असोज ३१, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्