बार्सिलोनाको प्रभावशाली जित, लामो पर्खाईपछि अग्युरोको डेब्यु

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा बार्सिलोना विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियालाई ३-१ ले पराजित गरेको हो । बार्सिलोनाका लागि १३ औँ मिनेटमा फाती भिएरा, ४१ औँ मिनेटमा पाएको पेनाल्टीमा मेम्फिस डिपे तथा ८५ औँ मिनेटमा फिलिप कोन्टिन्होले गोल गरे। भ्यालेन्सियाका लागि पाँचौँ मिनेटमा गायाले गोल गरेका थिए।

बार्सिलोनाबाट सर्जियो अग्युरोले डेब्यु पनि गरे । म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका अग्युरो चोटका कारण खेल्न पाएका थिएनन्। तर आइतबार रातिको खेलमा उनी सहभागी भएका हुन् ।

जितपछि ८ खेलबाट १५ अंक जोडेको बार्सिलोना सातौँ स्थानमा छ ।

आइतबार राति भएका अरु खेलमा ओसासुनाले भिल्लारियललाई २-१, सेभिल्लाले सेल्टा डी भिगोलाई १-० तथा रायो भालेकानोले एल्चीलाई २-१ ले पराजित गरेका छन् ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्