रोमामाथि युभेन्टसको जित

इटालियन सिरी ए फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा युभेन्टस विजयी भएको छ ।

घरेलु मैदानमा भएको खेलमा युभेन्टसले रोमालाई १ ० ले पराजित गरेको हो । युभेन्टसको जितमा १६ औँ मिनेटमा मोइस किनले गरेको गोल नै निर्णायक बन्यो ।

जितपछि सातौँ स्थानको युभेन्टसको ८ खेलबाट १४ अंक भएको छ । पराजित भएको रोमा १५ अंकसहित चौथो स्थानमा छ ।

आइतबार राति नै भएको खेलमा तोरिनोलाई १ ० ले पराजित गरेको नापोली ८ खेलबाट २४ अंकसहित शीर्ष स्थानमा पुगेको छ। दोस्रो स्थानको एसी मिलानको २२ अंक छ ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्