अफगानिस्तानका सम्बन्धमा अमेरिकी विदेशमन्त्री ब्लिंकेनले गरे कतारी समकक्षीसँग वार्ता

अमेरिकी विदेशमन्त्री एन्थोनी ब्लिंकेनले अफगानिस्तानका सम्बन्धमा कतारका उपप्रधानमन्त्री एवम् विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीसँग कुराकानी गरेका छन् ।

दुई मन्त्रीबीच अफगानिस्तानका सम्बन्धमा आइतबार कुराकानी भएको भएको अमेरिकी विदेश मन्त्रालयले जनाएको हो।

ब्लिंकेनले संकटको समयमा अमेरिकी र समस्यामा रहेका अफगानहरुलाई ट्रान्जिट प्रदान गरेकोमा कतारलाई आभार प्रकट गरेका छन् । जारी गरिएको वक्तव्यमा दुई मन्त्रीबीचको वार्ताबारे अरु कुरा खुलाइएको छैन।

गएको अगस्ट अफगानिस्तान तालिबानको कब्जामा गएपछि अमेरिकाले गरेको आफ्ना नागरिकसहित समस्याग्रस्त अफगानीको उद्धारमा कतारले अस्थायी आश्रय प्रदान गरेको थियो ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्