सुदूर पश्चिमका केही स्थानमा भारी वर्षा, देशभर हल्कादेखि मध्यम वर्षाको सम्भावना

फाइल तस्बिर

काठमाडौँ – अहिले सुदूर पश्चिम प्रदेशका केही स्थानमा भारी वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिेल देशको अधिकांश भूभागमा सामान्य बदली रही सुदूर पश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका केही स्थानमा र बाँकी प्रदेशका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बंगालको खाडी र मध्य भारतमा रहेका (उत्तरतिर सर्दै गरेको) न्यून चापीय प्रणाली र पश्चिमी वायु प्रणालीको संयुक्त प्रभावले नेपालमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।

महाशाखाले आज देशभर सामान्यदेखि पूर्ण बदली रहने बताएको छ। जसअनुसार सुदूर पश्चिम प्रदेश, कर्णाली प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै स्थानहरुमा साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

देशका पश्चिमी उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना रहेको मौसमविद्हरुले जानकारी दिए। उनीहरुका अनुसार प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ।

सोमबार रातिसमेत देशभर सामान्यदेखि पूर्ण बदलीको सम्भावना छ। सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, प्रदेश नं २ र बाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका पश्चिमी र मध्य उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम र बाँकी हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको समेत सम्भावना मौसमविद्हरुले जनाएका छन्। प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको छ। सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावाना रहेको महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार आगामी २४ घण्टामा सुदूर पश्चिम, कर्णाली, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानका साथै प्रदेश १, प्रदेश २ र बाग्मती प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

प्रदेश १, प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका थोरै स्थानमा भारी वर्षा र सुदूर पश्चिम प्रदेशको एक–दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेकोले आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्