मोहन वैद्य किरण भेट्न नर्भिक पुगे प्रचण्ड

काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य किरणलाई भेट्न नर्भिक अस्पताल पुगेका छन्। दमको समस्या बढेर आइतबार नर्भिकमा भर्ना भई उपचाररत किरणलाई भेट्न प्रचण्ड अस्पताल पुगेका हुन्।

अध्यक्ष प्रचण्डले नेता किरणको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। नर्भिकका चिकित्सक तथा स्वास्थ्यकर्मीहरुले नेता वैद्यको स्वास्थ्य अवस्थाबारे प्रचण्डलाई जानकारी गराएका थिए।

सो क्रममा उनले नेता वैद्यको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेका थिए। प्रचण्डले करिब २० मिनेट नेता वैद्यसँग संवाद गररेका थिए। नेता वैद्य प्रचण्डका राजनीतिक गुरुसमेत हुन्।

नेता वैद्यलाई भेट्न प्रचण्डसँगै माओवादी केन्द्रका नेताहरु कृष्णबहादुर महरा, मातृकाप्रसाद यादवलगायत अस्पताल पुगेका थिए।
नेता वैद्यको स्वास्थ्य अवस्थामा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकहरुले बताएका छन्।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्