नेपाल टेलिकमको अटम अफर सार्वजनिक

काठमाडौँ – नेपाल टेलिकमले मोबाइल सेवामा आकर्षक डाटा र भ्वाइस प्याक तथा एफटीटीएच सेवामा समर अफरअन्तर्गत हाल उपलब्ध गराइरहेका विभिन्न प्याकेजलाई थप/परिमार्जन गरी अटम अफर सार्वजनिक गरेको छ। सो अफर कार्तिक १ गतेदेखि ९० दिनसम्म लागू हुने नेपाल टेलिकमले जनाएको छ।

टेलिकमका अनुसार अटम अफरमा नयाँ प्याकेजका रुपमा सजिलो अनलिमिटेड पोस्टपेड प्याक उपलब्ध हुनेछ। यसमा ३० दिनसम्म चलाउन मिल्ने गरी रु ५९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा उपलब्ध हुनेछ। यो अफर खरिद गरेपश्चात सुलभ दरमा डाटा सेवासमेत लिन चाहेमा ग्राहकले रु २९९ मा प्रतिदिन १ जीबीका दरले ३० दिनसम्म उपयोग गर्न सकिने ३० जीबी डाटा सेवा याड-अन-प्याकको रुपमा खरिद गर्न सकिने टेलिकमले जनाएको छ।

प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा ६४ केबीपीएसको अनलिमिटेड डाटा सेवा उपलब्ध हुनेछ। जसमा ग्राहकको मेन व्यालेन्सको रकम काटिने छैन। यदि ग्राहकले ६४ केबीपीएसभन्दा बढी गतिको डाटा सेवा प्रयोग गर्न चाहेमा जम्मा रु ३० मा १ जीबी, रु ४० मा २ जीबी र रु ५० मा ३ जीबी डाटा २४ घण्टाभित्र प्रयोग गर्न सकिने गरी याड—अन— प्याककै रुपमा खरिद गर्न सकिने बताइएको छ।

यसैगरी अटम अफरमा ग्राहकले ३० दिनसम्म प्रतिदिन १ जीबी प्रयोग गर्न सकिने ३० जीबी डाटा सेवाको प्याक रु ५९९ मा खरिद गर्न सक्नेछन्। यो अफर खरिद गरेपश्चात ग्राहकले सुलभदरमा भ्वाइस सेवा पनि लिन चाहेमा जम्मा रु २९९ मा ३० दिनसम्म अनलिमिटेड प्रयोग गर्न सकिने याड अन प्याक खरिद गर्न सक्नेछन्। यस प्याकेजमा पनि प्रतिदिन प्रयोग गर्न सकिने १ जीबी डाटा सकिएमा कम्पनीले ६४ केबीपीएस अनलिमिटेड डाटा सेवा उपलब्ध गराउनेछ।

अफरमा जम्मा रु ७९९ मा अनलिमिटेड अननेट भ्वाइस सेवा, प्रतिदिन १ जीबीका दरले ३० दिन प्रयोग गर्न सकिने ३० जीबी डाटा, २०० वटा अननेट सन्देश, ५० मिनेट अफ नेट भ्वाइस र ५० वटा अफ नेट सन्देश पठाउने सुविधा उपलब्ध हुनेछ। प्रतिदिनका लागि उपलब्ध १ जीबी डाटा सकिएमा माथि सजिलो अनलिमिटेड पोस्टपेड ५९९ अफरमा उल्लिखित याड अन प्याक खरिद गर्न सकिनेछ।

सस्तो प्रिपेड कम्बो प्याक

यसमा प्रिपेड मोबाइल प्रयोगकर्ताका लागि १५० मिनेट भ्वाइस, १.५ जीबी डाटा र १५ वटा अननेट सन्देश (अननेट) जम्मा रु २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिनेछ।

सजिलो अनलिमिटेड प्रिपेड ५९९ प्याक

यसमा जम्मा रु ५९९ मा प्रतिदिन १ जीबीका दरले २८ दिन प्रयोग गर्न सकिने २८ जीबी डाटा उपलब्ध हुनेछ। यो प्याक लिएका ग्राहकहरुले अनलिमिटेड भ्वाइस सेवा लिन चाहेमा जम्मा रु २९९ मा २८ दिनसम्म प्रयोग गर्न सकिने याड अन प्याक खरिद गर्न सक्नेछन्।

एफटीटीएच आइपिटिभी अफर

यसैगरी एफटीटीएच आइपिटिभी अफर–२०७८ मा कम्पनीको एफटीटीएचअन्तर्गतको ट्रिपल प्ले (भ्वाइस, डाटा र टिभी) सेवा एक वर्षका लागि लिने ग्राहकका लागि आकर्षक सहुलियत उपलब्ध हुनेछ। यसअन्तर्गत २५ एमबीपीएस व्याण्डविथ वार्षिक जम्मा रु १५,९८० मा प्राप्त हुनेछ। यही सेवा वर्षको ४० एमबीपीएस रु १७,१०० र ८० एमबीपीएस रु २२,५०० मा उपलब्ध हुनेछ। वार्षिक सेवा लिनका लागि कम्पनीले सेटटप बक्स (एसटीबी) उपलब्ध गराउने छ।

यही सेवा ३ महिनाको लागि २५ एमबीपीएसको रु ४,१०० मा, ४० एमबीपीएसको रु ५,५०० मा र ८० एमबीपीएसको जम्मा रु ७,२०० मा उपलब्ध हुनेछ। मासिक रुपमा सेवा लिँदा २५ एमबीपीएस रु १,४०० मा, ४० एमबीपीएस रु १,८५० मा र ८० एमबीपीएस जम्मा रु २,४५० मा उपलब्ध हुनेछ।

यसैगरी डाटा र इन्टरनेट दुवै सेवा प्रयोग गर्ने ग्राहकका लागि कम्पनीले प्रिमियम इन्टरनेट सर्भिस विथ आइपिटिभी प्याक उपलब्ध गराउने भएको छ। यसमा एक महिनाका लागि सेवा लिँदा ५० एमबीपीएसको रु ५,१७८ मा, ८० एमबीपीएसको रु ६,६७८ मा र १०० एमबीपीएसको रु ८,१७८ मा उपलब्ध हुनेछ। ३ महिनाको सेवा लिँदा ५० एमबीपीएसको रु १४,५२३ मा, ८० एमबीपीएसको रु १८,४२३ मा र १०० एमबीपीएसको रु २१,९२३ मा उपलब्ध हुनेछ। एक वर्षको सेवा लिँदा ५० एमबीपीएसको रु ३१,३०९ मा, ८० एमबीपीएसको रु ३९,३०९ मा र १०० एमबीपीएसको रु ४७,३०९ मा उपलब्ध हुनेछ। यस प्याकको खरिदमा एसटीबीको शुल्क समावेश गरिएको छैन।

कम्पनीले ग्राहकवर्गको सुविधाका लागि उपलब्ध गराएको अटम अफर थप आकर्षक हुने विश्वास कम्पनीले लिएको छ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्