काठमाडौँ उपत्यकामा २७४ जना कोरोना संक्रमित थपिए

काठमाडौँ– पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २०३, भक्तपुरमा ३० र ललितपुरमा ४१ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ५९१ जना संक्रमित थपिएका छन् भने ९ जनाले ज्यान गुमाएका छन्।

सोमबार ९३७ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८७४ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार ६५४ पीसीआर तथा २ हजार ४३ एन्टिजेन परीक्षण भएको छ।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्