राखेप सदस्य सचिव सिलवाल बर्खास्त

काठमाडौँ– राष्ट्रिय खेलकुद परिषद् (राखेप)का सदस्यसचिव रमेश सिलवाल बर्खास्त भएका छन्।

सोमबारको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव सिलवाललाई बर्खास्त गर्ने निर्णय गरेको हो।

सरकारले सिलवाललाई यसअघि स्पष्टिकरण सोधेको थियो। स्पष्टिकरण चित्तबुझ्दो नभएको भन्दै सरकारले बर्खास्त गरेको हो।

उनलाई केपी शर्मा ओली नेतृत्वको सरकारले दोस्रो कार्यकालका लागि सदस्य सचिवमा नियुक्त गरेको थियो।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्