नबिल बैंकको डेपुटी सीईओमा ज्ञवाली

काठमाडौं– नबिल बैंकमा मनोज ज्ञवाली महाप्रबन्धक (जीएम)मा बढुवा भएका छन्।

नबिल बैंकको सञ्चालक समितिले ज्ञवालीलाई जीएममा बढुवा गर्ने निर्णय गरेको हो। नबिलमा महाप्रबन्धकलाई डेपुटी प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिइने परम्परा छ।

सुजित शाक्य र विनय रेग्मी अहिले डेपुटी प्रमुख कार्यकारी अधिकृत छन्।अब ज्ञवाली पनि थपिएका छन्। एक वर्ष अगाडि ज्ञवाली नबिल बैंकमा नायब महाप्रबन्धकको रूपमा प्रवेश गरेका थिए।

कात्तिक १, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्