इंग्ल्याण्डले एक खेल दर्शक बिना खेल्नु पर्ने

इंग्ल्याण्डले एक खेल बन्द रंगशाला अर्थात दर्शकको उपस्थिति बिना खेल्नु पर्ने भएको छ।

युरोकप २०२० को फाइनलको क्रममा वेम्बली रंगशालामा भएको तनावका लागि युरोपियन फुटबलको प्रशासकीय निकाय युइएफएले इंग्ल्याण्डमाथि एक खेलको रंगशालामा प्रतिबन्ध लगाएको हो ।

युइएफएले इंग्ल्याण्डको फुटबल एसोसिएसन रंगशाला र त्यस वरपर सुव्यवस्था तथा अनुशासन कायम गर्न असफल भएको भन्दै एक लाख युरो जरिवाना तिराउने निर्णय पनि गरेको छ ।

फुटबल एसोसिएसनले कारवाहीबाट निराश भए पनि युइएफएको निर्णयको सम्मान गर्ने बताएको छ ।

गएको जुलाई ११ मा इंग्ल्याण्ड र इटालीबीचको फाइनल खेलमा रंगशालामा प्रवेशका लागि समर्थकहरु प्रहरीसहित सुरक्षाका लागि खटिएकाहरुसँग भिडेका थिए । युरोकपको फाइनलमा इंग्ल्याण्ड पेनाल्टीमा इटालीसँग पराजित भएको थियो ।

खेल सुरु हुनु भन्दा पहिले नै रंगशाला भरिएपछि सयौँ समर्थकहरु बिना टिकट रंगशाला पुगेका थिए । त्यसले तनावको अवस्था सिर्जना भएको थियो ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्