फ्यानहरुको अनुरोधमा सिद्धार्थ र शेहनाजको अन्तिम गीतको शीर्षक ‘ह्याबिट’

बिग बोस १३ का विजेता अभिनेता सिद्धार्थ शुक्लाको हृदयघातका कारण सेप्टेम्बर २ मा निधन भयो। निधन हुनु केही दिनअघि बिगबोस कन्टेन्सेटन्ट तथा पञ्जाबकी गायिका शेहनाज गिलसँग उनी म्युजिक भिडियो शुटिङमा व्यस्त थिए। तर उनको निधनपछि शुटिङ अधुरै रह्यो।

सुटिङ पूरा नभए पनि सिद्धार्थ र शेहनाजका फ्यानहरुले निर्माण पक्षसँग उनीहरुको अन्तिम गीतलाई रिलिज गर्न निकै अनुरोध गरिरहेका थिए।
उनीहरुको अनुरोधअनुसार नै निर्माण पक्षले सो गीत रिलिज गर्ने निर्णय गरे। १७ अक्टोबरमा सो गीतको पोस्टर पनि सार्वजनिक गरिएको थियो।गीतको नाम राखिएको थियो, ‘अधुरा’।

सिद्धार्थको निधनपछि गीतको नाम ‘अधुरा’ राखिएको हो। त्यो भन्दा पहिले गीतको शीर्षक ‘ह्याबिट’ थियो। तर गीतको पहिलो पोस्टर रिलिज भएपछि ‘सिड्नाज’का फ्यानहरुले गीतको नाम जुन पहिले राखिएको थियो, त्यही (ह्याबिट) नै राख्न अपिल गरे।

फ्यानहरुको सिद्धार्थप्रतिको मायालाई देखेर मेर्कसले ‘अधुरा’ टाइटल हटाएर ‘ह्याबिट’ नै राखे। सारेगाले आफ्नो आधिकारी सामाजिक सञ्जाल इष्टाग्राममार्फत सो कुराको जानकारी दिएको हो।

‘सिडनाज’ सिद्धार्थ र शेहनाजको नामलाई जोडर उनीहरुका फ्यानहरुले बनाएको नाम हो। बिगबोस १३ मा दुबै जना सहभागी भएका थिए। त्यसबेलादेखि नै उनीहरुको जोडीलाई दर्शकहरुले निकै रुचाएका थिए। उनीहरुलाई मन पराउने दर्शकहरुले उनीहरुलाई ‘सिडनाज’ नाम दिए।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्