सेयर बजारमा ७७ अंकको गिरावट

सांकेतिक तस्बिर।

काठमाडौँ– साताको तेस्रो दिन मंगलबार पनि सेयर बजार ओरालो लागेको छ। आज सेयर बजार दोहोरो अंकले घटेको छ। आज ७७.३३ अंकले घटेर नेप्से परिसूचक २ हजार ५ सय १०।७३ विन्दुमा पुगेको छ।

२.९९ प्रतिशतले सेयर बजार ओरालो लाग्दा नेप्सेपरिसूचक २ हजार ५ सय १०.७३ विन्दुमा पुगेको हो।

आज ९५ लाख ७५ हजार ६ सय १ कित्ता सेयर बजार ३ अर्ब ७८ करोड ३४ लाख २२ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको छ। सेयर बजार घटे पनि कारोबार रकम भने उकालो लागिरहेको छ।

आज सबै उप–समूह राताम्मे छन्। सबैभन्दा धेरै फाइनान्स् ५.०९ प्रतिशतले घटेको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्