बझाङको पहिरो।

धनगढी– बझाङमा पहिरो जाँदा २३ जना बेपत्ता भएका छन्।

थलारा गाँउपालिका वडा नं ४ डिख्लामा मंगलबार बिहान ४ बजे पहिरो जाँदा २३ जना बेपत्ता भएको स्थानीयले बताएका छ।

स्थानीयका अनुसार बेपत्ता हुनेमा गगने सार्कीका एकै घरका १८ जना र नरे पार्कीका घरका ५ जना रहेका छन्। गगने सार्की रोजगारीका लागि भारतमा छन्। उनका माइला छोरा काले सार्की मात्र सकुशल छन्।

गाउँभन्दा माथि ढोगदिना भन्ने ठाँउबाट पहिरो जाँदा दुई गाँउका स्थानीय विस्थापित भएका छन् भने ७ घर पुरिएका छन्। तल्लो डिख्ला र माथिल्लो डिख्ला गाउँका स्थानीय विस्थापित भइ त्रिभुवन मावि महेन्द्रधारमा बसिरहेका छन्।

बाढीले सडक अवरुद्ध भएको र सञ्चार सेवा अवरुद्ध हुँदा समयमै खबर नपाएकोले उद्दारमा समस्या भइरहेको जिल्ला प्रहरी कार्यालय बझाङका प्रमुख डिएसपी रुपक खड्काले बताए।

लगातार पानी परिरहेको र घटनास्थल निकै टाढा भएकाले पुग्न नसकिएको उनले बताए।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्