माटोको ढिस्को झरेर धरानमा घर पुर्‍यो, दुई बालबालिकाको मृत्यु

झापा – सुनसरीको धरानमा एक घर पुरिँदा दुई जना बालबालिकाको मृत्यु भएको छ।

अविरल वर्षाका कारण माटोको ढिस्कोले घर पुर्दा ती दुई बालबालिकाको मृत्यु भएको हो।

मृत्यु हुनेमा धरान उपमहानगरपालिका १३ नागेश्वर मार्ग बस्ने ८ वर्षीया निसु राई र ४ वर्षीय निहान राई रहेका छन्। दुई जना नै एकै परिवारका रहेका छन्।

मंगलबार दिउँसो पौने २ बजे घरमाथिबाट माटोको ढिस्को झरेर निशान राईको एकक तले टिनको छाना भएको घर पुरिएको प्रहरीले जनाएको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्