इजरायलमा भेटियो नौ सय वर्ष पुरानो तरवार

इजरायलको उत्तरी क्षेत्रमा ९०० वर्ष पुरानो एक तरवार फेला परेको छ।

स्लोमी कटजीनले फेला पारेको एक मिटर लम्बाइ भएको उक्त तरबार इजरायली अधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।

इजरायलको एन्टिक्विटिज अथोरिटी (आइएए)ले उक्त तरबार सफा गरेर विश्लेषण गरिसकेपछि प्रदर्शनमा राखिने जनाएको छ।

करिब ९ सय वर्षअघि भएको क्रुसेडर युद्धको समयमा उक्त तरबार क्रुसेडर सैनिकले प्रयोग गरेको आइएएले जनाएको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्