वर्षाले सडक जलमग्न भएपछि विवाहस्थल पुग्न खड्कुलो प्रयोग

भारतको दक्षिणी राज्य केरलामा भारी वर्षाको कारण एक भारतीय दम्पतीले आफ्नो विवाहस्थल पुग्न एक विशाल खड्कुँलोलाई डुङगा बनाएर विवाह मण्डपसम्म पुगेका छन्।

उनीहरूलाई नजिकैको अर्को मन्दिरबाट सापट लिएको खड्कुँलोमा राखेर विवाहस्थलसम्म तानेर पुर्‍याइएको थियो। मिडिया रिर्पोटका अनुसार उनीहरु दुवै स्वास्थ्यकर्मी हुन्।

‘हाम्रो विवाह यसरी हुन्छ भनेर हामीले कहिल्यै सोचेका थिएनौँ,’ दुलहीले बिहे लगत्तै स्थानीय मिडिया च्यानल एशियानेटलाई बताएकी छन्।

भारी वर्षाका कारण बाढी र पहिरोले गर्दा केरलामा कम्तीमा २६ जनाको मृत्यु भइसकेको छ। धेरै ठाउँमा पानीले पुल र सडक बगाएको छ भने कतिपय गाउँहरू पूर्ण रूपमा यातायात सञ्जालबाट विच्छेद भएका छन्।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्