काठमाडौँ उपत्यकामा थप ३५४ जनालाई कोरोना

काठमाडौँ– काठमाडौँ उपत्यकामा थप ३५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा २४३, भक्तपुरमा २४ र ललितपुरमा ८७ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर १ हजार ९६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने १२ जनाको मृत्यु भएको छ।

मंगलबार १ हजार ४ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर ११ हजार ८१५ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ८ हजार १४० पीसीआर तथा १ हजार ७७६ एन्टिजेन परीक्षण भएको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्