अमेरिकाको ग्यालरीमा भेटियो नेपालबाट चोरी भएको १६ औँ शताब्दीको टुँडाल

काठमाडौँ – नेपालबाट सन् १९८० को दशकमा चोरी भएको गणेश भगवानको आकृतियुक्त टुँडाल अमेरिकामा फेला परेको छ ।

पुरातात्विक महत्वको १६ औँ शताब्दीको सो गणेशको टुँडाल अमेरिकाको एरिजोना राज्यमा रहेको जानडु ग्यालरीमा फेला परेको हो ।

नेपालबाट हराएका वा चोरी भएका पुरातात्वीक महत्वका सम्पदाको पहिचानमा सक्रिय रहँदै आएको ‘लस्ट आर्टस् अफ नेपाल’ले मंगलबार जारी गरेको सूचनामा काठमाडौँको ज्याठा स्थित छुस्या बहालबाट चोरी भएको टुँडाल जानडु ग्यालरीमा फेला परेको उल्लेख छ ।

टुँडालमा नृत्य मुद्रामा रहेका गणेश भगानको आकृति छ ।

छुस्या बहालबाट गणेशको टुँडाल हराए पनि यसको अवस्था वा कहाँ छ भन्नेबारे जानकारी थिएन ।

छुस्या बहाल जिर्णोद्धारको क्रममा त्यहाँ सोही आकृतिको नयाँ टुँडाल बनाएर राखिएको छ ।

छुस्या बहालमा हालको टुँडाल
कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्