किसानलाई राहत घोषणा गर्न एमालेको माग

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल एमालेले बेमौसमी वर्षाका कारण अन्न बाली नष्ट भएका किसानलाई राहत कार्यक्रम ल्याउन माग गरेको छ।

पार्टी कार्यालय सचिव शेरबहादुर तामाङले विज्ञप्ति जारी गर्दै केही दिनदेखि परेको वर्षाका कारण उठाउन ठिक्क भएका अन्नबाली नष्ट हुन थालेको छ। एमालेले उद्धार र राहतका कार्यक्रम तत्काल ल्याउन आग्रह गरेको छ।

तामाङले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘धानबाली सखाप हुँदा असह्य पीडामा परेका किसान परिवारलाई सम्बोधन गरी तुरुन्त राहत प्याकेज घोषणा गर्न सरकारसँग माग गर्दछ। अवरुद्ध यातायातलगायत सेवाहरू तत्काल सञ्चालन गर्न, बाढीमा फसेका व्यक्तिहरु र संकटमा परेका पर्यटकहरुको तत्काल उद्धार गर्न ध्यानाकर्षण गर्दछ।’

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्