भेरी अस्पतालमा एक जना कोरोना संक्रमितको मृत्यु

नेपालगञ्ज – भेरी अस्पताल, नेपालगञ्जमा कैलालीका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।

जिल्ला कोभिड व्यवस्थापन केन्द्र, बाँकेका फोकलपर्सन तेजबहादुर वलीका अनुसार, कैलाली लम्की चुहा नगरपालिका वडा नं. ४ का ५७ वर्षीय पुरुषको मंगलबार अपराह्न मृत्यु भएको हो।

कात्तिक १ गते कोहलपुर मेडिकल कलेजमा पीसीआर जाँच गरिएका उनलाई त्यही दिन भेरी अस्पतालमा भर्ना गरिएको थियो। उनको आज अपराह्न पाँच बजे मृत्यु भएको छ।

योसँगै बाहिरी जिल्लाबाट बाँकेमा उपचार गराउन आउदा मृत्यु हुनेको संख्या ४ सय २५ जना पुगेको छ।

कात्तिक २, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्