झापा गौरीगञ्जको एउटा बस्तीमा नदी पस्यो, ४० घर डुबानमा

झापा – झापाको गौरीगञ्ज गाउँपालिका वार्ड नं २ भाकुरमारीमा माइ नदी मानव बस्तीमा पस्दा ४० घर डुबानमा परेका छन्।

अहिले बिहानको राति २ बजे माइ नदीको पानीको बहावले कटान गरी बस्तीमा खोला पस्दा ४० घर डुबानमा परेको भन्ने खबर प्राप्तपश्चात प्रहरी चौकी कोरोबारीबाट खटिएको प्रहरीको टोलीले उनीहरूलाई सुरक्षित स्थानमा राखेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गौरीगंज गा.पा २ भाकुरमारी बस्ने गौरीसंग ताजपुरिया, भैरव प्रसाद ताजपुरिया, सस्त ताजपुरिया, अमरलाल ताजपुरिया, खगेन्द्र ताजपुरिया, सूर्यनारायण राजबंशी, महेन्द्र राजबंशी, आलसिंङ राजबंशी, श्याम राजबंशी, हंशनारायण राजबंशी, झड्कन ताजपुरिया, लेलु ताजपुरिया, काम्रो ताजपुरिया, सेल्डु ताजपुरिया, अर्जुन ताजपुरिया, सबलाल ताजपुरिया, आमासु ताजपुरिया, दिनानाथ ताजपुरिया, राजलाल ताजपुरिया, देबनारायाण ताजपुरिया, श्यामनारायण ताजपुरिया, नदमि ताजपुरिया, जयबिर ताजपुरिया, नरेन्द्र ताजपुरिया, जगत ताजपुरिया, सस्लाल ताजपुरिया, दुर्गा प्रसाद ताजपुरियाको घर डुबानमा परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायव उपरीक्षक राकेश थापाले बताए।

घर डुबानमा परेपछि उनीहरू सोही स्थान नजिकैको सडकमा जम्मा भएर सुरक्षित साथ बसेको थापाले बताए।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्