पीडित किसानलाई क्षतिपूर्ति दिन खाद्यका लागि कृषि अभियानको माग

काठमाडौँ– खाद्यका लागि कृषि अभियानले वर्षाका कारण धानबालीमा क्षति भएका किसानलाई तत्काल राहत उपलब्ध गराउन सरकारसँग माग गरेको छ।

अभियानले बिहीबार एक विज्ञप्ति जारी गर्दै धानबाली भित्र्याउने समयमा भएको वर्षाले धानबालीमा क्षति पुग्दा किसान मारमा परेको भन्दै राहत माग गरेको हो।

‘पीडित किसानलाई धान खेती स्याहार गर्न तत्कालिन सहायता र भएको क्षतिको आँकलन गरी क्षतिपूर्ति दिन जोडदार माग गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ।

साथै किसानको पक्षमा आवाज उठाएर सरकारलाई दबाब दिन पनि अभियानले आग्रह गरेको छ।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्