बाढी, पहिरो र डुबानबाट हालसम्म ७७ जनाको मृत्यु, २७ बेपत्ता

काठमाडौँ– चार दिनदेखिको अवरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर हालसम्म देशभर ७७ जनाको मृत्यु भएको छ। गृह मन्त्रालयका अनुसार अझै २७ जना बेपत्ता छन्।

बाढी पहिरो र डुबान लगायतका प्राकृतिक प्रकोपमा परेर कालिकोटमा १, बैडतीमा ४, डडेल्धुरामा १, डोटीमा १२, बझाङमा २, हुम्लामा ६, प्यूठानमा १, सोलुखुम्बुमा १, धनकुटामा ७, मोरङमा १ र सुनसरीमा २ जनाको मृत्यु भएको गृह मन्त्रालयले जनाएको छ।

गृहका अनुसार पाँचथरमा २४, इलाममा १३ र उदयपुरमा २ जनाले ज्यान गुमाएका छन्।

यस्तै बझाङमा २१, जुम्लामा १, प्यूठानमा २ र इलाममा ३ जना बेपत्ता रहेको गृह मन्त्रालयले जानकारी दिएको छ। देशभर २२ जना घाइते भएका छन्।

यसैगरी लगातारको वर्षाका कारण देशभर २७  घरमा पूर्ण क्षति पुगेको गृह मन्त्रालयले जनाएको छ।

गृहका अनुसार कालिकोटमा १, बैतडीमा २, डडेल्धुरामा १, डोटीमा ६, बझाङमा ७, हुम्लामा १, धनकुटामा १, सुनसरीमा १, पाँचथरमा ४ र इलाममा ३ वटा घर पूर्णरुपमा क्षतिग्रस्त भएका छन्।

कात्तिक ३, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्