प्रदेश १ मा गत २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि

मोरङ – प्रदेश १ मा गत २४ घण्टामा ८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

विराटनगरस्थित सामाजिक विकास मन्त्रालयका अनुसार बिहीबार गरिएको ४ सय ३८ जनाको पीसीआर परीक्षणमा ७४ जना र ९८ जनाको एन्टिजेन परीक्षणमा ९ जनामा संक्रमण पुष्टि भएको हो।

पीसीआर परीक्षणका क्रममा झापामा ३३, मोरङमा २८, सुनसरीमा ११, उदयपुर र पाँचथरमा समान १ जनामा संक्रमण देखिएको छ।

झापाको मेचीनगरमा ८, भद्रपुरमा ६, कनकाईमा ५, दमकमा ४, बुद्धशान्तिमा ३, शिवसताक्षी, बिर्तामोड र अर्जुनधारामा समान २, कमल गाउँपालिकामा १ जनाको रिपोर्ट पोजिटिभ आएको छ।

त्यसैगरी, मोरङको विराटनगरमा २३, सुन्दरहरैचामा ५ जनामा संक्रमण पुष्टि भएको छ। पहाडी क्षेत्रतर्फ, उदयपुरको त्रियुगा र पाँचथरको फिदिममा समान १ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ।

यससँगै प्रदेशमा बिहीबार ९९ जना कोरोना संक्रमणमुक्त भएका छन्। संक्रमणमुक्त हुनेमा ३५ महिला र ६४ पुरुष छन्।

 

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्