प्रदेश १ः १४ जिल्लाका खेलकुद समितिका अध्यक्ष र उपाध्यक्षद्वारा शपथग्रहण

मोरङ – प्रदेश १ खेलकुद विकास बोर्डले प्रदेशका १४ जिल्लाका खेलकुद समितिमा नियुक्त अध्यक्ष र उपाध्यक्षलाई शपथग्रहण गराएको छ।

विराटनगरमा बिहीबार आयोजित शपथग्रहणका क्रममा सामाजिक विकासमन्त्री बलबहादुर साम्सोहाङले प्रदेश १ मा खेलकुद क्षेत्रले फड्को मार्ने दाबी गरे।

सो क्रममा मन्त्री साम्सोहाङले लामो समयबाट पूर्णता पाउन नसकेको बोर्डले खेलकुद गतिविधिलाई प्राथमिकतामा राखेर कार्य गर्ने विश्वास लिएको बताए।

बोर्ड गठन नहुँदा जिल्लामा खेलकुद गतिविधि हुन नसकेको उनले बताए। खेलकुद विकास बोर्डका अध्यक्षसमेत रहेका मन्त्री साम्सोहाङको उपस्थितिमा बोर्ड उपाध्यक्ष बाबा मेन्याङ्वोले नवनियुक्त अध्यक्ष र उपाध्यक्षलाई शपथग्रहण गराएका थिए।

सो क्रममा बोर्डका सदस्यसचिव परशुराम बस्नेतले लामो समयदेखि नेतृत्वविहीन खेलकुद समितिमा नयाँ नेतृत्व चयन गरिनु महत्वपूर्ण उपलब्धि भएको बताएका थिए।

कात्तिक ४, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्