आर्यान खान मुद्दा – अनन्या पाण्डेमाथि पुन: सोधपुछ

आर्यान खानको मुम्बई क्रुज ड्रग्स पार्टी मुद्दामा अनन्या पाण्डेलाई पुन सोधपुछ गरिने भएको छ। भारतकाे नारकोटिक्स कन्ट्रोल व्युरो (एनसीबी) ले बिहीबार फेरि अनन्यालाई सोधपुछको लागि बोलाउने सूचना निकालेको छ। आर्यान खानको फोनमा अनन्यासँगको ह्वाट्सएप च्याट भेटिएपछि अनन्यालाई एनसीबीको सामना गर्नुपरेको छ।

यो च्याटमा आर्यान र अनन्याबीच लागूपदार्थको विषयमा कुराकानी भएको हुनसक्ने आधारमा एनसीबीले सोधपुछ गरेको हो।

बिहीबार भएको सोधपुछमा अनन्यासँग उनका पिता चंकी पाण्डे पनि प्रहरी कार्यालयमा उपस्थित थिए। यसभन्दा अगाडि आर्यन खानका पिता शाहरुख खानलाई पनि एनसीबीले सोधपुछ गरेको थियो।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्