दक्षिण कोरियामा अवैध रुपमा बसिरहेका विदेशी कामदारलाई माफी !

फाइल तस्बिर

काठमाडौं – अवैध रुपमा बसिरहेका विदेशी कामदारलाई दक्षिण कोरियाले जरिवाना मिनाहा गर्दै स्वदेश फर्कन आह्वान गरेको छ।

त्यसका लागि त्यस्ता कामदारले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको हुनुपर्ने दक्षिण कोरियास्थित नेपाली दूतावासले जनाएको छ।

अक्टोबर १२ तारिखसम्म पूर्ण खोप लगाएका र डिसेम्बर ३१ सम्म पूर्ण खोप लगाउने दुवैले यो सुविधा प्रयोग गर्न पाउने छन्।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्