काठमाडौँ उपत्यकामा थपिए २२२ जना कोरोना संक्रमित

काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप २२२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १७१, भक्तपुरमा १८ र ललितपुरमा ३३ जना संक्रमित थपिएका हुन्।

यस्तै पछिल्लो २४ घण्टामा देशभर ७०८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाएका छन्।

शुक्रबार ९३२ जना कोरोना संक्रमणमुक्त भएका छन्। हाल देशभर १० हजार ९४६ सक्रिय संक्रमित रहेका छन्।

गत चौबीस घन्टामा ७ हजार २५३ पीसीआर तथा २ हजार १२३ एन्टिजेन परीक्षण भएको छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्