एमाले नेता योगेश भट्टराई अस्पताल भर्ना

काठमाडौँ – एमाले सचिव एवं पूर्वमन्त्री योगेश भट्टराई अस्पताल भर्ना भएका छन्।

केही दिनदेखि ज्वरोले थलिएका भट्टराई शुक्रबार दिउँसो वीर अस्पताल भर्ना भएको उनका स्वकीय सचिव प्रेम गुरागाईंले जानकारी दिए।

गुरागाईंका अनुसार घरमै उपचार गदौ निको नभए पनि भट्टराईलाई अस्पताल पु¥याइएको हो।

उनलाई सात दिनसम्म अस्पतालमै राख्नुपर्ने सुझाव चिकित्सकले दिएका छन्।

उपचार अवधिमा सबै खालका भेटघाट बन्द गरिएको गुरागाईंले जानकारी दिए।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्