शान्ति मिसनमा खटिएको नेपाली सेनाद्वारा सेन्ट्रल अफ्रिकामा विद्यालय पुनःनिर्माण

काठमाडौँ- संयुक्त राष्ट्र संघको मिनुस्का मिसनका लागि सेन्ट्रल अफ्रिका रिपब्लिकमा खटिएको नेपाली शान्ति सेनाले विद्यालय पुनःनिर्माण गरी स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको छ।

उक्त मिसनमा तैनाथ रणशेर गण एचआरपीबी सातौं डफ्पाले सिभिल अफेयर्ससँगको सहकार्यमा एटोङ्गो इलाकामा रहेको स्थानीय विद्यालयको पुनःनिर्माण गरेको हो।

पुनःनिर्माण गरिएको विद्यालय नेपाली सेनाले यही कार्तिक १ गते स्थानीय अधिकारीलाई हस्तान्तरण गरेको थियो।

उक्त कार्यक्रममा स्थानीय मेयर, शिक्षा मन्त्रालयका अधिकारी तथा युनिसेफका स्थानीय प्रमुखहरु पनि उपस्थित थिए। उक्त कार्यक्रम कोभिड १९ विरुद्धका सबै मापदण्ड पालना गरी सञ्चालन गरिएको नेपाली सेनाले जनाएको छ।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्