मैत्रीपूर्ण खेलमा नेपाल इन्डोनेसियासँग पराजित

काठमाडौँ– इन्डोनेसियासँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ।

शुक्रबार साँझ ताजिकिस्तानको गासर सेन्ट्रल स्टेडियममा भएको खेलमा नेपालको  यू–२३ राष्ट्रिय फुटबल टीम इन्डोनेसियाको यू-२३ फुटबल टिमसँग २-० गोल अन्तरले पराजित भएको हो।

पहिलो हाफ गोलरहित बराबरीमा सकिए पनि इन्डोनेसियाले दोस्रो हाफमा दुई गोल गरेको हो।

एएफसी यू–२३ एशियन कप छनौटको तयारीमा रहेको नेपालले इन्डोनेसियासँग आजको खेल खेलेको हो।

नेपाल एएफसी यू–२३ एशियन कप छनौटमा समूह ‘बी’मा छ। ताजिकिस्तान, लेबनान र इरान पनि समूह ‘बी’मा छन्।

कात्तिक ५, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्