काठमाडौँ – देशभरको मौसम शनिबार आंशिकदेखि सामान्य बदली भई केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

नेपालमा असर गर्ने उल्लेखनीय मौसमी प्रणाली अहिले नरहेको मौसमविद्ले बताएका छन्।

अहिले देशभर आंशिकदेखि सामान्य बदली रही प्रदेश १, २ र बागमती प्रदेशका एक–दुई स्थानमा हल्का र फाटफुट वर्षा भइरहेको छ।

शनिबार दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। यस्तै उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ।

यसैगरी देशभर आंशिकदेखि सामान्य बदली रहने छ। प्रदेश नं १, बागमती, गण्डकी तथा लुम्बिनी प्रदेशका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसमविद्ले बताएका छन्।

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्