विराटनगर विमानस्थलबाट नियमित उडान सुरु

फाइल तस्बिर

मोरङ – लगातारको वर्षाका कारण धावनमार्गसहित डुबानमा पर्दा केही दिन अवरुद्ध भएको उडान विराटनगर विमानस्थलबाट शनिबारदेखि नियमित भएको छ ।

शनिबार बिहान साढे ८ बजे काठमाडौँबाट विराटनगरका लागि बुद्ध एयरको विमानले उडान भरेको हो ।

सिभिआर रुममा पानी पसेर बिग्रेकोले उडान संख्या घटाउन एयरलायन्स कम्पनीलाई जानकारी गराएको विराटनगर विमानस्थल कार्यालयले जनाएको छ ।

विमानस्थल सञ्चालनका लागि शुक्रबार धावनमार्ग, पार्किङ क्षेत्र, टर्मिनल भवन सुरक्षाकर्मीहरुको सहयोगमा सफाई गरिएको थियो । विराटनगर विमानस्थलबाट मंगलबार बाढी पसेर जलमग्न हुँदा कुनै पनि उडान हुन सकेको थिएन ।

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्