दाङमा एमाले वडा अधिवेशनको चहलपहल (तस्बिरहरु)

दाङ– नेकपा एमालेको वडा अधिवेशन शनिबारबाट देशभर सुरु भएको छ।

वडा अधिवेशन सुरु भएसँगै दाङमा पनि एमालेका नेता कार्यकर्ताको चहलपहल बढेको छ।

दाङमा दश स्थानीय तहका एक सय वडामा वडा अधिवेशन भइरहेको नेकपा एमाले दाङ जिल्ला संगठन कमिटीका सचिव मनोहर बुढाथोकीले जानकारी दिए।

वडा अधिवेशनले अध्यक्ष, उपाध्यक्ष, सचिव, उप–सचिवसहित ३३ सदस्यीय कमिटि गठन गर्नेछ।

विधान महाधिवेशनबाट टुंगो लागेको समावेशी सिद्धान्त अन्तर्गत ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गरिएको छ।

त्यसैगरी अल्पसंख्यक, आदीवासी जनजाती, दलित, अपांगता लगायतबाट वडामा प्रतिनिधित्व हुने बुढाथोकीले बताए।

कात्तिक ६, २०७८ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्